नियम २७
मतपेटिका बिग्रिएमा वा नासिएमा
(१) मतदान केन्द्रमा पठाइएको मतपेटिका बिग्रिएमा वा नासिएमा मतदान अधिकृतले उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिको समेत सहीछाप गराई मुचुल्का तयार गर्नु पर्नेछ । निजहरूले सहीछाप नगरेमा मुचुल्कामा सोही व्यहोरा जनाई मतदान केन्द्रमा उपस्थित अन्य दुईजना व्यक्तिको सहीछाप गराउनु पर्नेछ र सोको जानकारी निर्वाचन अधिकृतलाई दिनु पर्नेछ । (२) उपनियम (१) बमोजिम मतपेटिका नासिएको वा बिग्रिएको जानकारी प्राप्त भएमा निर्वाचन अधिकृतले तत्काल त्यस्तो मतदान केन्द्रमा आवश्यक मतपेटिका उपलब्ध गराउनु  पर्नेछ ।